आमोद आचार्य Amoda Acharya (@amoda67) header
आमोद आचार्य Amoda Acharya (@amoda67) profile picture

#आमोदवर्धन कौण्डिन्न्यायन स्वाध्यायशाला PhD Veda #Professor #लेखक धर्म दर्शन संस्कृति नीति इतिहास कला भाषा साहित्य विज्ञान आयुर्वेद वातावरण कृषि..

Kathmandu / तनहुँ चुँदी Nepal.
Joined May 2015
Photo by आमोद आचार्य Amoda Acharya (@amoda67)Photo by आमोद आचार्य Amoda Acharya (@amoda67)Photo by आमोद आचार्य Amoda Acharya (@amoda67)Photo by आमोद आचार्य Amoda Acharya (@amoda67)Photo by आमोद आचार्य Amoda Acharya (@amoda67)Photo by आमोद आचार्य Amoda Acharya (@amoda67)Photo by आमोद आचार्य Amoda Acharya (@amoda67)Photo by आमोद आचार्य Amoda Acharya (@amoda67)Photo by आमोद आचार्य Amoda Acharya (@amoda67)Photo by आमोद आचार्य Amoda Acharya (@amoda67)
ऋग्वेदमा जुम्ल्याहा दाजुबैनी #यमयमीको संवाद छ, यमीले यमलाई सहवास र विवाहका लागि प्रस्ताव गरेकी छन्, यमले चैँ तेसको प्रत्याख्यान गरेका छन्। एस सूक्तको अपव्याख्या गर्दै कसैले वैदिककालमा दाजुबैनीको विवाह हुने गर्थ्यो भन्ने निष्कर्ष निकालेका छन्। के हो त सत्य? deshsanchar.com/2026/11/07/1…
8
8
13
1,100
#ऋग्वेदका मन्त्रहरुको अर्थ ब्राह्मणग्रन्थ र निरुक्तका व्याख्याका आधारमा तथा ऋग्वेदका स्कन्दस्वामी, उद्गीथ, वेङ्कटमाधव, सायण र मुद्गल इ पाँच व्याख्याता विद्वान्‌हरुका व्याख्याका आधारमा पनि बुझ्नुपर्छ। एकपक्षीय काल्पनिक अर्थ मात्र गर्न हुँदैन। थप चर्चा-- deshsanchar.com/2026/11/07/1…
3
9
561
तिहारका दिनहरु-- facebook.com/share/v/1BDkhyW…
198
#व्यङ्ग्योक्ति: मानवानाम् बलिन् दत्त्वा शासने समुपागता:। पशुबलेर् निषेधार्थम् बहु जल्पन्ति निष्ठुरा: !!
2
3
375
धेरै धार्मिक प्रश्न आइरहेका छन्-- मेसेञ्जरमा, ह्वाट्स्याप्मा, फोनमा, DMमा ..। सबैको उत्तर दिएर साध्य छैन। प्रश्न १ वाक्यको हुन्छ, उत्तर १० वाक्यले दिनुपर्छ। आधुनिक तार्किक शिरोमणिहरुको र मार्क्सवादीहरुको समेत भनाइको विवेचना गरेर उत्तर यस पुस्तकमा दिइएको छ। यही पुस्तक पढे हुन्छ--
1
4
16
664
विद्यामा भ्रष्टाचार अर्थात् #बौद्धिक_चोरी कथमपि सह्य हुँदैन। सत्यनिष्ठ र न्यायप्रेमी सबैले यसको विरोधमा साथ दिनुपर्छ-- deshsanchar.com/2024/06/08/9…
2
4
4
675
तटस्थ व्यक्तिको मूल्याङ्कन--
1
1
188
शुक्लयजुर्वेदीको श्राद्धविधि बताउने मूल ग्रन्थ कातीय #श्राद्धकल्पसूत्र हो भने #तर्पणको_विधि बताउने मूल ग्रन्थ कात्यायन मुनिको #त्रिकण्डिक_स्नानसूत्र हो। यिनै ग्रन्थका आधारमा श्राद्ध र तर्पण गर्नुपर्छ। श्राद्ध र तर्पण महत्त्वपूर्ण पितृकार्य हुन्। लेख-- deshsanchar.com/2026/09/26/1…
4
3
1
16
936
#पितृसत्ता वा 'पितृसत्तात्मक समाज' भनेर पितृहरुलाई आक्षेप पर्ने भाषा प्रयोग गर्नु हुँदैन। गलत शब्दको प्रयोग भैरहेको छ। बरु तेसको साटो #पुरुषसत्ता वा 'पुरुषप्रधान समाज' भन्नु उचित हुन्छ। पितृलाई त श्रद्धा र सम्मान गरेर श्राद्ध गर्ने हो, तर्पण गर्ने हो। #पितृसम्मान
2
13
25
1,051
#ण नेपालीमा उच्चारण हुँदैन, तेसैले ११ कक्षाको अनिवार्य नेपालीको पाठ्यपुस्तकमा 'उच्चार्य वर्णमाला'बाट ण हटाइएको छ। अब त #गनेस लेख्न पनि थालेछन्! एस विषयमा लेख-- deshsanchar.com/2025/01/18/1…
1
3
6
440
#गीतासुभाषितानि कर्मण्येवाधिकारस्ते, जातस्य हि ध्रुवो मृत्यु:, सङ्गात् सञ्जायते काम:, स्वधर्मे निधनं श्रेय:, तदात्मानं सृजाम्यहम्, तस्माच् शास्त्रं प्रमाणं ते, श्रद्धावाल्ँ लभते ज्ञानम्, संशयात्मा विनश्यति, न सुखं संशयात्मन:, स महात्मा सुदुर्लभ:, यथेच्छसि तथा कुरु।
6
365
नेपालि भाषामा केकस्ता शब्द #अकारान्त_र_हलन्त_उच्चारण हुञ्छन् भन्ने विषयको अत्यन्त संक्षिप्त विवेचना वीरेन्द्रकेसरी अर्यालले गरेका थिए। तेसमा रहेका अपूर्णतालाइ विस्तृत रूपमा पूर्ण गर्ने काम हाम्रा पिताजीले गर्नुभएको थियो। ति नियम केकस्ता थिए त? एस लेखमा-- deshsanchar.com/2026/08/24/1…
2
3
564
'राना र राणा खान र खाण गन र गण कन र कण मान र माण' यिनमा फरक उच्चारण पाउनुहुञ्छ कि पाउनुहुन्न? 'ण' नेपालीमा छैन भन्ने कुरा कस्तो लाग्छ? आआफ्ना विचार राख्नुहोला। deshsanchar.com/2025/01/18/1…
3
7
16
961
यसरी नै कुरा बुझिदिने मान्छे धेरै भए यथार्थ ज्ञान प्रसार गर्न सजिलो हुन्थ्यो!
62
गत महिना ललितपुरको 'प्रेमिअर् इण्टन्याशनल् स्कूल्'-ले आयोजना गरेको २१३औँ भानुजयन्तीमा विद्यार्थी र शिक्षकहरुका माझमा आदिकवि भानुभक्तका विभिन्न पक्षमा र अन्य शैक्षिक विषयमा चर्चा-परिचर्चा गर्ने अवसर प्राप्त भएको थियो। तेस प्रसङ्गका केही छायाचित्रहरू--
5
331
हाम्रा पितामह पण्डित कविराज नरनाथ आचार्यले लेख्नुभएको आदिकवि #भानुभक्त_आचार्यको #सच्चा_जीवनचरित्रको तृतीय संस्करण गत वर्ष प्रकाशित भयो। यसमा भानुको व्यक्तित्व र कृवित्वसित सम्बद्ध विविध विषयको विस्तृत रूपमा विवेचना गरिएको छ। यस ग्रन्थको परिचय दिने लेख-- deshsanchar.com/2026/07/11/1…
1
4
7
421
आफ्नो लोग्ने छोडेर अर्कैसित पोइल गएकी स्वास्नीलाइ केइ गरी उसले पनि छोडिदियो र अलपत्र परी भने पहिलेकै लोग्नेले स्वीकार गर्नुपर्छ भन्ने फैसला त नेपालको न्यायालयले गरिसकेको छैन नि ? एस्तै फैसला गरे पनि अचम्म नमाने हुने थिति आयो। जे फैसला गर्दिए पनि भयो !!
4
641
#वैदिक_यज्ञिय_उपकरण र वृक्षहरू" भन्ने ग्रन्थको परिष्कृत र परिवर्धित द्वितीय संस्करण गत वर्ष (२०८२) प्रकाशित भएको छ। प्रथम संस्करण २०७२ मा छापिएको थियो। धर्म संस्कृति कर्मकाण्ड इतिहास कला र पुरातत्त्वमा रुचि राख्ने पाठकका लागि यो पुस्तक उपयोगी हुन सक्छ। प्रकाशक रत्न पुस्तक भण्डार
2
11
515
हाम्रा पिताजी सुगृहीतनामा शिवराज आचार्य कौण्डिन्न्यायनले आफ्ना सन्ततिलाई (हामीलाई) केकस्तो उद्देश्य लिएर कुन पद्धतिले #संस्कृतशिक्षा दिनुभएको थियो र त्यसको पौरस्त्य दृष्टिले अथवा राष्ट्रिय दृष्टिले केकस्तो महत्त्व छ भन्ने विवेचना यस लेखमा गरिएको छ-- deshsanchar.com/2026/06/06/1…
2
6
16
718
थोरै थोरै भए पनि संस्कृत सबैले सिकौँ, धेरै गारो छैन।
1
5
230
वेदाङ्गज्योतिषको परिभाषामा आधृत तथा आकाशमा हेर्दा ग्रहस्थिति मिल्ने दृक्सिद्धगणना भएको, शुद्ध ग्रहस्थितिको र वैदिक १५ मुहूर्तको जानकारी दिने, वैदिक साइत र सूतकको वैदिक नियम पनि भएको अध्ययनीय, मननीय तथा प्रयोग गर्न उपयुक्त पाँच वर्षको (२०८३--२०८७)को #वैदिक_तिथिपत्र प्रकाशित भयो--
3
6
1
21
1,729
मालिकको जुठोपुरो खाने दासले सधैँ मालिकले नै अड्कलिदिएको गास खाने हो, मालिकले नचाहेमा दासको केइ लाग्दैन, यो कुरा विभिन्न घटनाले स्पष्ट पारेकै छन्। मालिकले ठुलो देखाउन चाहे ठुलो र दण्डित गर्न चाहे दण्डित पनि भइन्छ। #स्वाभिमानी र मालिक हुन त निस्पृह र त्यागी हुनपर्छ। एस्तो भए आनन्द!
1
1
1
9
916