@bbcnepalii
iAccount based inIndia!
About this account
- Account based in
- India
- Connected via
- Nepal App Store
! X says this location may be affected by a proxy or VPN.
Account-level information from X, not a live location or the device used for a specific post.
नेपाल र विश्वका महत्त्वपूर्ण समसामयिक घटना र विषयवस्तुका समाचार सामग्रीका लागि सन् १९६९ देखि निरन्तर विश्वसनीय स्रोत (बीबीसी नेपाली सेवा । BBC News Nepali)
London, UK
Joined March 2009
- Tweets55K
- Following0
- Followers1.8M
- Likes549
दक्षिण अफ्रिकाको जोहानेसबर्गमा महिलाहरूलाई किन एक्लै नहिँड्न सतर्क गराइयो
#BBCNepali #Women #Johannesburg
किन केही मानिस सुत्नुअघि कफी पिए पनि शिशुझैँ मस्त निदाउन सक्छन्, जबकि केही भने रातभरि छटपटिँदै जागै बस्छन्?
#BBCNepali #Coffee #Health
bbc.in/47d89ZP
चरम गरिबीदेखि बालविवाहसम्म झेलेकी मामा निकेको आर्ट ग्यालरीकी सञ्चालक हुँदासम्मको यात्रा कस्तो रह्यो?
bbc.in/4ixXwYH
#BBCNepali #NigeriaWomen #Inspiration
एसियाली खेलकुदका लागि पदक जित्न नेपालको तयारी कस्तो छ?
bbc.in/4iCqmao
#BBCNepali #AsianGames #Atheletics
ग्रीनल्यान्ड सम्झौताबारे अमेरिकी राष्ट्रपति र डेनमार्ककी प्रधानमन्त्रीले के के भने?
bbc.in/4jcTqp2
#BBCNepali #Greenland #Denmark
राजदूत नियुक्तिको प्रक्रिया अगाडि बढ्यो, आज प्रस्तावित नामहरूबाट तपाईँ के अपेक्षा गर्नुहुन्छ? कृपया कमेन्ट गर्नुहोस्
#BBCNepali #NepalPolitics #Diplomacy
भारत भ्रमणमा रहेका अर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रवार त्यहाँका विदेशमन्त्री एस जयशङ्करसँग भेटवार्ता गरेका छन्।
भेटपछि जयशङ्करले 'एक्स'मा गरेको पोस्टमा दुई देशबीच समग्र सहकार्यका विषयमा कुराकानी भएको बताएका छन्। साथै उनले हालैको बाढीमा भएको जनधनको क्षतिप्रति समवेदना व्यक्त गरेको उल्लेख गरेका छन्।
भेटका क्रममा मन्त्री वाग्लेले रसुवामा आएको बाढीपछिको उद्धार तथा राहत अभियानमा भारतले गरेको सहयोगका लागि जयशङ्करलाई धन्यवाद दिएको दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ।
दुई मन्त्रीहरूबीच दुई देशबीचको दीर्घकालीन सम्बन्धलमई अझ गहिरो बनाउने र विशेष गरी लगानी, ऊर्जा अनि कनेक्टिभिटीसम्बन्धी सहकार्यलाई अझ बलियो बनाउने उपायबारे चर्चा भएको पनि दूतावासले आफ्नो सामाजिक सञ्जालमार्फत् जानकारी दिएको छ।
वाग्लेले हिजो बिहीवार भारतीय समकक्षी निर्मला सीतारमणसँग समेत वार्ता गरेका थिए।
वाग्लेको भारत भ्रमणमा क्रममा नेपालको विनाशकारी बाढीपछिको पुर्ननिर्माणमा भारतीय सहायताबारे कुरा भएको भ्रमणदलमा रहेका अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा प्रमुख सहसचिव अमृत लम्सालले बीबीसीलाई बताएका छन्।
#BBCNepali #SwarnimWagle #India
विपद्पछि 'सेकन्डरी ट्रमा' भएको कसरी थाहा पाउने?
अन्तर्वार्ता/भिडिओ : सृजना श्रेष्ठ
#BBCNepali #MentalHealth #Trauma
बाढीसम्बन्धी दृश्य बारम्बार हेर्दा कस्तो असर?
अन्तर्वार्ता/भिडिओ : सृजना श्रेष्ठ
#BBCNepali #MentalHealth #Trauma
मन्त्रिपरिषद्को शुक्रवारको बैठकले विभिन्न १३ देशका लागि नेपाली राजदूतहरूको नाम सिफारिस गरी संसदीय सुनुवाइका लागि पठाउने निर्णय गरेको छ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार निम्न व्यक्तिहरूको नाम सिफारिस गरिएको छ -
१. भारतका लागि डा निश्चलनाथ पाण्डे
२. चीनका लागि डा कल्याणराज शर्मा
३. संयुक्त राज्य अमेरिकाका लागि चिरनजङ्ग थापा
४. यूकेका लागि गौरवशमशेर जङ्गबहादुर राणा
५. जर्मनीका लागि सरू जोशी
६. इजरेलका लागि सुरेशकुमार कर्ण
७. स्पेनका लागि प्राप्ति शेरचन
८. जापानका लागि जिज्ञानकुमार थापा
९. ओमानका लागि डा. पद्माक्षी राणा
१०. मलेशियाका लागि चूडामणि खरेल
११. दक्षिण कोरियाका लागि सङ्गम श्रेष्ठ
१२. श्रीलङ्काका लागि मञ्चला झा
१३. साउदी अरेबियाका लागि गिरिबहादुर सुनार
बैठकले नेपाल नागरिकता (पाँचौँ संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको सचिवालयले जनाएको छ।
त्यसै गरी हाल कृषि, वन तथा पर्यावरण मन्त्रालयअन्तर्गत रहेको नेपाल मौसम विज्ञान विभागलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत रहने गरी नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०८३ संशोधन गरिएको छ।
बैठकले नेपाल विद्युत् प्राधिकरणको रिक्त कार्यकारी निर्देशक पदमा दीर्घायुकुमार श्रेष्ठलाई नियुक्त गर्ने र सहसचिव रुद्रसिंह तामाङलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने निर्णय पनि गरेको सचिवालयद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ।
#BBCNepali #NepalPolitics #CabinetMeeting
रसुवा र तातोपानी नाका बन्द हुँदा चीनबाट ल्याइने सामानमा परेको असर
#BBCNepali #NepalFlood #Trade
bbc.com/nepali/articles/c6z7…
दक्षिण अफ्रिकाको एक मुख्य सहरमा महिलाहरूमा त्रास उत्पन्न गराउने शृङ्खलाबद्ध घटनाहरू
#BBCNepali #Women #Johannesburg
bbc.in/4hiMpAx
घरमा आउने शङ्कास्पद व्यक्ति पक्रन कुकुरले अपनाउने रोचक उपाय
#BBCNepali #GoldenRetriever #Animals
bbc.in/4haEk0K
एकताका लागि कांग्रेसको असन्तुष्ट समूहको सर्त र मागहरू के छन्?
bbc.in/4y1Q3Wy
#BBCNepali #NepaliCongress #GaganThapa
भारतको सबैभन्दा ठूलो राज्य उत्तर प्रदेशको उच्च अदालतले इस्लाम धर्म अपनाएका र मुस्लिम महिलासँग बिहे गरेका एक पुरुषमाथि लगाइएका प्रतिबन्धहरू हटाउन आदेश दिएको छ।
आफ्ना बुवाको इच्छाविपरीत बिहे गरेपछि आफूलाई कानुनी प्रतिबन्धमा राखिएको भन्दै आयुष मलिकले अदालतको ढोका ढकढक्याएका थिए।
गलत ढङ्गले छोरालाई प्रभावित पारिएको भन्दै उनका बुवाले धर्मान्तरविरुद्धको कानुनबमोजिम निवेदन दिएका थिए। तर अदालतले धर्म रोज्न र इच्छानुसार बिहे गर्न आयुष स्वतन्त्र रहेको निर्णय सुनाएको छ।
#BBCNepali #India #Religon
पृथ्वीको सतहमा भण्डार भएको ताजा पानी गम्भीर रूपमा घटेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ।
नदी तथा तालहरू सुक्न थालेका र हिमनदीहरू सङ्कुचित भइरहेका बिहीवार सार्वजनिक एउटा प्रतिवेदनमा जनाइएको छ।
पानीका स्रोतसम्बन्धी संयुक्त राष्ट्रसङ्घको वार्षिक प्रतिवेदनले पनि जलवायु परिवर्तनका कारण बढ्दो अनपेक्षित मौसमी प्रवृत्तिले बाढी र सुक्खा दुवै निम्त्याउने औँल्याएको छ।
यसले एशिया र अफ्रिकामा गम्भीर असर पर्ने प्रतिवेदनले चेतावनी दिएको छ।
#BBCNepali #Water #Nature