Khagendra Lamichhane retweeted
मेरा मित्र सागर प्रसाइँको यो पीडा यता शेयर गर्न चाहेँ । @sagarprasai
(बाध्य भएर यो भिडियो बनाएको छु । कृपया सक्दो गरेर, सुन्नुपर्ने सबैलाई सुनाईदिनुहोला ।)
मेरो नाम सागर प्रसाईँ । म ह्विलचियर प्रयोग गर्ने व्यक्ति हुँ । म हाल काठमाडौँ महानगरपालिका वडा. ९, बत्तिस पुतली को अरनिको मार्ग मा बस्छु । यही मङ्सिर को ११ गते, म घरबाट बाहिर निस्किदा मेरो घर अगाडीको मूलबाटो मा ठुला ठुला खाल्डा खन्न थालिएका थिए । एक छिनमा घर छिर्ने बाटो नै बन्द हुने हो कि भनेर म त्यस दिन कतै गइन, घर नै फर्के । २-३ दिनमा पुरै बाटो नबने नि हिँड्ने बाटो त खुल्छ होला भन्ने लाग्यो ।
१ हप्ता सम्म पनि म घर को घर नै भएपछि मैले हेल्लो सरकारमा खबर गरेँ । त्यहाँबाट १ दिन पछाडि- कार्य प्रगति हुँदै छ, चाँडै सकिन्छ भन्ने खबर आयो । फेरी काठमाडौँ महानगरपालिकाको हटलाइन मा कल गरेर आफ्नो समस्या राखेँ । वडा नं ९ का सचिव जीले कल गरेर, ठेकेदारलाई बोलाएर भोलि देखि नै हिँड्ने बाटो खुलाउँछौ भन्नुभयो । फेरी प्रगति शून्य । त्यसपछि मैले वडा नं वडा अध्यक्ष लाई सम्पर्क गरे, वहाँले पनि हामी मिलाइहाल्छौँ भन्नुभयो । मेयर साबको फेसबुकमा उपलब्ध नम्बर मा मेसेज गरे, उताबाट ठ्याक्कै लोकेसन सोधियो र भनियो- असुविधाको लागि माफी चाहन्छौँ । हामीले काम चाँडो सक्न आदेश दिइसकेका छौँ । तर आज २० दिन भयो, म घरमै थुनिएको छु । अहिले त यहाँको स्थिति यस्तो धराप छ, हिँड्ने मान्छे पनि एक कुना बाट ब्यालेन्स मिलाएर हिँड्नुपर्छ, केही गरी आपत्कालिन स्थिति आयो भने एम्बुलेन्स र दमकल पनि निकै टाढा नै रोकिन्छन् ।
म काम गरेर खाने मान्छे हो । आजसम्म सामाजिक सुरक्षा भत्ता लिएको छैन । बरु उल्टै व्यक्तिगत र व्यवसाय मार्फत नगरपालिका र सङ्घीय सरकारलाई गरेर वर्षको लाखौँ रुपैयाँ कर तिर्छु । तर अहिले म यसरी घरमा थुनिदा, मेरो काम नै रोकियो, निकै अवसर गुमिसके । यसरी त मेरो जीविकोपार्जन नै धरापमा पर्यो । र त्यो भन्दा महत्त्वपूर्ण कुरा घरमा एक्लै बस्दा बस्दा मेरो मानसिक स्वास्थ्य पनि खलबलिन थालिसक्यो ।
त्यस कारण, मैले हरदिन ह्विलचियरमा बसेर सकी नसकी काम गरेर कमाएको पैसाको एक हिस्सा काटेर तिरेको करबाट तलब खाने, कर्मचारी ज्यू, जनप्रतिनिधि र सुशासनको ठुला ठुला कुरा गर्ने सम्माननीय प्रधानमन्त्री- मेरो यो कुरा सुनेर लाज त लाग्यो होला ।
त्यही लाजको लागि भए पनि यो बाटो बनाइदिनुस् । मलाई घरबाट निस्किन सहयोग गर्नुहोस् ।
Thank you Vijay dai🙏
नेपाली चलचित्र दिमाग खराब हेरे पछी हाम्रो दिमाग खुसी ।
चलचित्रका मुख्य पात्र खगेन्द्र लामिछानेसंग हामी दर्शकहरु - बिनय बोहरा, सान्ड्रा कोइराला, डाक्टर भगवान कोइराला, सजनी गौतम, उत्कृष्ट घिमिरे , डाक्टर रामकुमार घिमिरे (मथिल्लो रो मा) । म , सुषमा , डाक्टर बसन्त पंत , डा. विजया पंत , खगेन्द्र लामिछाने र डाक्टर राजेन्द्र पाण्डे ।
हिजो राती नाइट सो हेरियो। मेरो आमन्त्रण भएकाले, सबैको टिकट मैले किने, चलचित्रका मुख्य पात्र खगेन्द्र लामिछानेको टिकट समेत । सुरुमा खगेन्द्रले मलाई टिकट किनाउन मानेकै थिएनन । मेरै करबलमा माने ।
फिलिम खराब भए, टिकटको पैसा खगेन्द्र लालिछानेसंग फिर्ता माग्ने मेरो मनमनै विचार थियो । त्यो अवस्था आएन ।
कुनै पनि फिल्ममा भएका सानाठूला कमजोरी धुइ धुई खोज्ने काम म सधै समिक्षकहरु छोडछु । दर्शकका रुपमा गएका हामी सबैले चाही दिमाग खराब इन्जोय गर्यौ । दर्शकको दिमागमा केही कुरा सोच्न पनि बाध्य गराउछ यो समाजिक/ आर्थिक / राजनैतिक बिषयमा आधारित फिल्म दिमाग खराब ले ।
राम्रो नेपाली सेनेमाले दर्शक पाउछ । दिमाग खराब को केसमा पनि त्यही भएको छ । नहेरेको भए , हेर्दा हुन्छ ।
15
2,624
कमसँग कुरा गर्दा मज्जा आउँछ । तिमीसँग कुरा गर्दा मज्जा आयो सुरज ।
New journey!
मलाई सधैँ यसो गर्न मन थियो । एउटा मन रम्ने स्टुडियो बनाउन । मन लागेको कार्यक्रम निर्माण गर्न । त्यो कार्यक्रममा मनले कुरा सुन्न चाहेको मान्छे बोलाउन । अनि हतार नगरी गफ गर्न । त्यो आजबाट @makalukhabar मा सुरु भएको छ ।
🙏 @khagendraLC dai
youtu.be/mYWnUjfVL6c?si=b9Rg…
Khagendra Lamichhane retweeted
ORDER NOW !!
अर्डरका लागी आफ्नो विवरण किताब यात्रामा पठाउन सक्नुहुनेछ।
अधिक जानकारीका लागि : ०१-५२४५०८८
Author: @khagendraLC
Web Link : kitabyatra.com/product/panip…
#Books #KitabYatra #staysafe #staycreative
दिमाग खरावको गीत सार्वजनिक भएको छ । सुनेर प्रतिक्रिया दिनुहोला है । फिल्म रिलिज चाहिँ कात्तिक २४ गते ।
youtube.com/watch?v=otPK4nyB…
1
21
1,119
सपना देखेपछि पुरा हुन्छ भन्ने विस्वास छ मलाई । त्यसैले सबैले राम्रा सपना देखौँ । नयाँ पुस्तक "पानीफोटो" - पानादेखि पर्दासम्म लोकार्पण । उपस्थित सबैलाई धन्यवाद !
सामाखुसी एरियामा मात्र एनटिसी मोबाइल नेटवर्क मरेको हो कि ? अरु ठाउँमा पनि मरेको छ ? हिजैदेखि मरेको सामाखुसीमा । मनपरीको पनि हद हुन्छ नि ।
Khagendra Lamichhane retweeted
अलि फरक खालको किताब, जसले नाटक र फिल्मका सृजनात्मक प्रक्रिया उजागर गर्छ ।




























