बहस्थली (@samvaadpur) header
बहस्थली (@samvaadpur) profile picture

खुल्ला बहस गर्ने साझा स्थल, बहस्थली। https://nitter.cf/t.co/tzc7pEdJNM https://nitter.cf/t.co/5ZHMPflKgn https://nitter.cf/t.co/Uq5yPDC3Fm

Nepal
Joined September 2024
Photo by बहस्थली (@samvaadpur)
बहस्थली निति - Ø ‘बहस्थली’(बहस+थलो अनि बह ‌+ स्थल) नेपाली भाषामा विविध विषयमा खुल्ला कुराकानी वा बहस गर्ने साझा थलो हो। संगसंगै यो व्यक्तिगत कथा, ब्यथा, मानिसहरुका आआफ्ना बह (मनको पीर, भावना) सुन्ने सुनाउने स्थल पनि हो। Ø बहस्थली स्पेश हजूरहरुको सुविधाको लागि २४ घन्टा खुला रहने हरसंभव प्रयास रहनेछ। Ø यहाँ व्यक्त अभिव्यक्तिको लागि सम्बन्धित वक्ता स्यमंको अपनत्व र जिम्मेवारी हुनेछ। बहस्थलीले कसैको विचारको अनुमोदन, अपनत्व वा खण्डन गर्दैन। विचारकै आधारमा कसैलाई पनि आफ्नो वा पराई गरिने छैन। Ø बहस्थलीले फलो गरेको जुनसुकै ह्याण्डलबाट स्पिकरमा आएर कुरा गर्न सकिने छ। फलो नभएको ह्याण्डलले भने स्पिकरको लागि गरेको अनुरोधलाई सहजकर्ता वा को-होस्ट भएको अवस्थामा मात्र सहजकर्ताको तजविजमा प्रयोग गर्न पाउने वा नपाउने हुने छ। Ø औसत नेपाली परिवारमा बोलिने जुनसुकै विषयमा आफ्ना कुराकानी गर्न सकिने छ। परिवारमा अपच्य सब्द प्रयोग गरी कुराकानी गर्ने गरेको पाईएमा उक्त वक्तालाई अनफलो गरिनेछ। Ø बहस्थली स्पेशमा कुनै पनि व्यक्तिगत गालीगलोज वा भौतिक आक्रमणका धम्कीहरु पुर्णरुपमा प्रतिबन्धित छन्। त्यसो गरिएको पाईएमा अनफलो गरिनेछ। आवश्यक परेको खण्डमा कानुनी कारवाहीको लागि सम्बन्धित अधिकारीहरुलाई आवश्यक सहयोग उपलब्ध गराईने छ। Ø बहस्थलीले कसैलाई पनि ब्लक गर्दैन। त्यसैले कुनै बदमास अकाउन्टहरु रहेछन् र रिपोर्टिंग गर्नुपर्यो भने एक्स (x) को आधिकारिक च्यानलमा रिपोर्टिंग गर्न सिफारिस गरिन्छ। भौतिक आक्रमणको धम्किको हकमा भने हामीलाई जानकारी भएसम्मका घटनाहरु एक्सको आधिकारिक च्यानलमा रिपोर्टिंग गरिने छ। Ø दुईजना भन्दा बढी वक्ताहरु भएको अवस्थामा आफू बोल्नेबेलामा माईक्रोफोन अन गर्ने र बोलिसकेपछी माईक्रोफोन अफ गर्ने गरेर अन्य वक्ताको सम्मान गर्न अनुरोध छ। धेरैजना वक्ताहरुले कुराकानी गर्दा, हात उठाएर पालैपालो सबै वक्ताको अभिव्यक्तिको सम्मान गर्न अनुरोध छ। Ø एक्सको प्रावधानअनुसार, एक पटकमा १० जना भन्दा बढी वक्ताहरु नअट्ने भएकोले १० जना (सेचुरेट) भएको अवस्थामा आफूले कुरा गर्न सकिसकेपछि अन्य वक्ताको लागि स्थान दिने वातावरणको लागि अनुरोध छ। Ø कुनै विषयमा विशेष अतिथि निम्ताएर यस थलोलाई सार्वजनिक संवादको लागि प्रयोग गरेर बहस्थलीलाई थप प्रभावकारी बनाउन चाहनुहुन्छ भने त्यस्तो प्रयासलाई सम्मान र आवश्यक सहयोग हुने छ। Ø थप जानकारीको लागि बहस्थलीलाई प्रत्यक्ष मेसेज गर्न सक्नुहुनेछ।
3
1
33
25,998