विरु दा- द फेक™ (@sixer_D) profile picture

शव बाहनले समेत फोन गर्दा आउन नमानेपछि, आर्यघाटसम्म एक्लै हिंडेर आएको एक मुर्दा हुँ म ।

Nepal
Joined February 2010
बन्दुक बेच्नेलाई कलमको मूल्य के थाहा चोट दिनेलाई मलमको मूल्य के थाहा पैसाका खातिर धर्म परिवर्तन गर्नेलाई संस्कृति र चालचलनको मूल्य के थाहा
45
1,837
8
2,400
भन्दा बढी बोलेजस्तो हुने । नबोलौँ घाँटी खसखस भइसक्यो । गर्लफ्रेन्ड मन परेन भने छोड्दिने हो, बुढी बनाएर आफ्नै घर भित्र्याउने होइन के यार ।
363
आज बुबाको मुख हेर्ने दिन । सृष्टि सम्हाल्ने र आफ्नो खुसीलाई तिलाञ्जली दिएर सन्तानको संसार सजाउने सम्पूर्ण बाहरूमा कोटी कोटी प्रणाम । संसारमा रहनु भएका सबै बाहरूमा दीर्घायुको कामना र सम्झनामा रहनुभएका बाहरूमा हार्दिक श्रद्धासुमन। तपाईं हाम्रा सबैका बाको जय होस् ।
478
मेरो कविताको शीर्षक छ भएन । यो भएन । त्यो भएन । ऊ भएन । यहाँ भएन । त्यहाँ भएन । तर मरे भन्दिनँ, मेरो ढंग भएन ।
1
6
342
आज नाग दिवस । टाँस्नै परेपछि जुर्मुराएकै नाग टाँस्दा बढी फल मिल्छ । यस प्रकारको नाग अरु नागभन्दा फरक हुन्छ । अरु प्रजातीको नाग टाँस्नलाई गम खोजेर ल्याउनुपर्छ भने यस प्रजातीको नागले आफैँ गम निकाल्छ ।
1
1
331
संसार हेर्ने रहर धेरै पहिल्यै पूरा भएको हो मेरो, बस् तिमीलाई हेर्न भनेर चश्मा किनेको हुँ मैले । 🕶️
3
430
यता तिमीले छाडेसी, मुटु अनाथ छ । त्यता त सबै राम्रै होला, ऊ साथ छ ।
6
550
आउनुस् मित्रताको हात अघि बढाऔँ । हरुवा हरुवा एक हौँ । हरुवा एकता जिन्दाबाद ।
1
3
455
र, मिचिने कुरामा सीमा अझै पनि दुई नम्बरमा पर्छ । धन्यवाद ।
1
338
कति मान्छे २०८२ मै छुटे होलान् । म २०८३ मा आउन सफल भएँछु । धन्य छस् ईश्वर तँ ।
1
474
आफ्नो बुढीलाई माया गर्नुपर्छ त थाहा थियो । तर, औधी धेरै माया गर्न हुँदो रहनेछ भन्ने चाहिँ आज थाहा भयो ।
1
1
1,023
ग्याँसको विकल्प इन्डक्सन भन्नु र तिम्रो विकल्प आफ्नै हात भन्नु एउटै हो ।
7
3
2
52
5,943
अहिलेसम्म फेसबुकतिर देखिएका औँलाहरुः- १. नङ पालेका र नङ पालिस लगाका चिटिक्क परेका औँला २. नङ नकाटेका काती परेका नङ्ग्राजस्ता औँला ३. गाँठा परेको अदुवाजस्तो गाँठे औँला । नङको सफाइमा ध्यान दिऊँ, सफा टाइमलाइन बनाऔँ । धन्यवाद ।
1
1
4
785
यसलाई विडम्वना नै भन्नुपर्छ म जलेर खरानी भै सकेँ तर तिमी अझै आगो झोसी राखेकै छ्यौ । अब आगो झोस्न छोड है । तिम्रो हात पनि गले होला । मेरा खरानीले तिमी थाकेको कसरी हेर्न सक्छन् र !!
524
उता उनलाई ‘म कस्तो थिएँ ?’ याद छैन । यता उनको यादले छाडेन म आजाद छैन ।
1
620
लेख्नलाई कहाँ शब्द हुँदो रहेछ । जब दिमाग नै स्तब्ध हुँदो रहेछ ।
3
864
मानिसले सास बन्द भाको त सहनुपर्छ र मर्नुपर्छ । सहन सिकौँ । यो अवधिमा कोभिडमा झैँ लुडौँ खेलौँ, नाइटोको आयतन निकालौँ, तिलको लड्डुमा कतिवटा तिल छन् गनौँ । हस् त धन्यवाद ।
1
1
4
1,230
अचेल आँखा खोल्दा झरेका यी आँशु विगतमा तिमीलाई आँखा चिम्लेर गरेको विश्वास र भरोसाका प्रमाण हुन् ।
6
986
म पूर्ण रुपमा जलिसके पछि मात्र म मरेको खबर उनलाई सुनाइदिनोस् । उनी धुँवा सहन सक्दिनन्, म उनको आँखामा आँशु आएको सहन सक्दिनँ ।
1
2
1
5
1,253
धनी भेटिछ्यौ र भन्यौ, भिखारी चाहिन्न । ठिकै हो विश्राम पुगेसी चौतारी चाहिन्न ।
2
1
760
अरु त एकछिन रुँदा रैछन् मरेपछि थाहा भयो, यो संसारमा निस्वार्थ अँगाल्ने कात्रो मात्र रहेछ ।
2
2
797