Sete Man Tamang(Chyangba) སེ་ཏེ་མན་ཏ་མང་ (ཆིང་བ། (@Sete_Man) header
Sete Man Tamang(Chyangba) སེ་ཏེ་མན་ཏ་མང་ (ཆིང་བ། (@Sete_Man) profile picture

PhD Candited 2025, Mphil 2024 Anthropology, Master's Degrere Anthropology2019&Political Science2018, Tribhuvan Univesity

Tribhuvan University, Kirtipur
Joined May 2016
ऐतिहासिक मंसिर माने अर्थात् मणि महोत्सव ऐतिहासिक सेर्तुङ गाउँमा सुरुवत भएको छ । हरेक मङ्सिर पूर्णिमाको दिन सुरु गरि सर्वजगत र सर्वप्राणीको हित र रक्षाका लागि माने पूजा सहित तामाङ सभ्यता, मौलिक पहिचान, संस्कृति/पेठिम, ह्युलठिम, ह्रिठिम, मौखिक इतिहास सँग सम्बन्धित जात्राको पहिलो दिनको दृश्य ... त (घोडा नाच)
1
79
प्रधानमन्त्री बालेन साहको भारत भ्रमणबारे नेपाल जनाकर एवं भारतीय कुटनीतिज्ञ एसडी मुनीको टिप्पणी : बागडोगरा उडानको माग चीनकेन्द्रित सुरक्षा परीक्षण उनले लेखेका छन्, ‘बालेनको भारत भ्रमण अप्टिक्स र वाचामा उत्कृष्ट, सारमा अपेक्षित, कुनै ब्रेकथ्रुबिनाको र ठोस नतिजामा पारस्परिक रूपमा स्वीकार्य रह्यो।’ ८ मंसिर, काठमाडौं । भारतीय कूटनीतिक मामिलाका जानकार प्राध्यापक एसडी मुनीले प्रधानमन्त्री बालेन शाहको भारत भ्रमण देखावटी प्रस्तुति र वाचाका हिसाबले उत्कृष्ट भए पनि कुनै नयाँ ब्रेक थ्रु हुन नसकेको टिप्पणी गरेका छन्। मंगलबार एक्समार्फत टिप्पणी गर्दै मुनीले भ्रमणको सार अपेक्षित नै रहेको र ठोस नतिजाहरू दुवै पक्षलाई स्वीकार्य खालका मात्रै रहेको उल्लेख गरेका छन्। भ्रमणका क्रममा जारी भिजन डकुमेन्ट भारतको कूटनीतिक औजार भएको उनको विश्लेषण छ। उनले लेखेका छन्, ‘बालेनको भारत भ्रमण अप्टिक्स र वाचामा उत्कृष्ट, सारमा अपेक्षित, कुनै ब्रेकथ्रुबिनाको र ठोस नतिजामा पारस्परिक रूपमा स्वीकार्य रह्यो।’ उनले भनेका छन्, ‘भिजन डकुमेन्ट भारतको कूटनीतिक औजार हो। यसको कार्यान्वयन नेपाल र भारतबीचको राजनीतिक वातावरणमा निर्भर हुनेछ।’ अर्को पोस्टमा मुनीले भारतको बागडोगरा उडानका लागि नेपाली आकाश प्रयोग गर्न गरिएको मागलाई चीनसँग जोडिएको भारतीय सुरक्षा संवेदनशीलतासँग जोडेर व्याख्या गरेका छन्। भारतले उक्त मागमार्फत चीनको सन्दर्भमा आफ्नो सुरक्षा संवेदनशीलताप्रति नेपालको प्रतिक्रिया जाँच्न खोजेको उनको दाबी छ। ‘बागडोगरा उडानका लागि नेपाली आकाश प्रयोग गर्ने भारतको माग चीनको सन्दर्भमा भारतको सुरक्षा संवेदनशीलताप्रति नेपालको प्रतिक्रिया परीक्षण गर्ने उद्देश्यले गरिएको थियो,’ मुनीले लेखेका छन्, ‘कम्तीमा अहिलेका लागि नेपाल त्यस सन्दर्भमा सहकार्य गर्न तयार देखिँदैन।’ प्रधानमन्त्री शाह भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा दुईदिने राजकीय भ्रमण सम्पन्न गरी सोमबार स्वदेश फर्किएका हुन्। भ्रमणका क्रममा दुवै देशबीच संयुक्त भिजन डकुमेन्ट जारी भएको थियो। भ्रमणअघि नेपालले भैरहवाका लागि थप हवाई प्रवेश बिन्दु मागिरहँदा भारतले बागडोगरा उडानका लागि पूर्वी नेपाली आकाश प्रयोगको अनुमति खोजेको विषयले कूटनीतिक वृत्तमा चर्चा पाएको थियो।
1
1
5
285
प्रधानमन्त्री बालेन साहले दुई पक्षीय भेटमा नेपाली भाषामा बोल्नु र धार्मिक भ्रमणका लागि शान्ति भूमि लुम्बिनी, पशुपतिनाथ र मुक्तिनाथ दर्शन गर्न निमन्त्रणा गर्नु सकारात्मक हो ।
1
11
310
भारत सरकारले नेपालको भोटेकोसी गङबेल (बाढ) पिडितको पुनर्निर्माणका लागि २ खर्ब ४० अर्ब भारतीय रुपैयाँ सहयोग दिने भएको छ । सदुपयोग होस् दुरुपयोग नहोस् । धन्यवाद: भारतीय जनता र भारत सरकार
3
125
प्रधानमन्त्री बालेन साह छिमेकी राष्ट्र भारतीय प्रधानमन्त्री मोदी सँग शिष्टचार भेटवर्ताको दृश्य Balen Narendra Modi
279
असक्षमहरु अरुले गरेको कार्यको दाबी गर्छ भने सक्षमहरु भावी कार्यविधि र कार्ययोजना बनाउन अगाडि बढ्ने गर्छ ।
4
252
चिसो मौसममा चिसो पानीको झरनामा छुट्टै रमाइलो झरनामा लाग्री-आमा(इन्द्रेणी)को सप्तरंगी
3
143
असंस्कारका अहंकारवादीले हरेक परम्परा र संस्कारलाई कुल्चिदै जान्छ र आफू भन्दा महान कोहि छैन भन्ने ठान्छन् । ती अहंकार नै उनको अन्त्यको सुरुवात हुन् ।
2
117
जसको दिमाग खाली वा दिग्भ्रम हुन्छ, ऊ जता पनि पुग्छ र जसलाई पनि समर्थन र बिरोध गर्न थाल्छ । उसको विवेकले काम गर्न सक्दैन र अरुको मिथ्याको पछाडि दौडिने जमात बढ्छ ।
6
242
एक मूर्ख एवं अहंकार नेताको बोली र एक आगजानी समूहको जमातले देश जलाएको हो । अझै पनि मूर्ख एवं अहंकार नेताले लोकतन्त्र जोगाएको राष्ट्रपतिप्रति कटक्ष गर्दै आरोप लगाईरहेका छन् ।
125
राजनीतिक विश्लेषक: अहुती वास्तविक, यथार्थ र सत्य
2
3
18
2,545
एकादशीमा बोम्पो जात्रा बोम्पो कुनै धार्मिक विधिसँग मात्र सम्बन्धित हुँदैन, मानव सभ्यता, अलेखित अर्थात् मौखिक इतिहास र अलौकिक शक्तिसँग सम्बन्धित रहेको हुन्छ ।
2
139
जब विचारलाई मरेर विकृति भित्र्याउछ, सत्यलाई लुकाएर भास्य निर्माण गरी मिडिया टायल गर्छ र मानवीयतालाई त्याग गरी दानवीय व्यवहार देखाउछ तब देश, समाजको अस्तित्व नष्ट भएको पुष्टि हुन्छ ।
5
203
प्रीय भाई Suk Bahadur Tamang लगायत Hom Bahadur Tamang & Amrit Tamang हामी चार जना चिसो पानी स्थित पोर्वा(कालिज) फोर्ममा....
1
2
208
ऐतिहासिक गंगाजमुना जात्रा बोम्पो महोत्सवको दृश्य स्रोत: प्रभु खड्का जी Prabhu Khadka
83
"धादिङको रुबीभ्याली वडा नं ४ स्थित ल्हपोगाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु, चालकसहित ९ जना घाइते भएको समाचार आएको छ। सामाजिक सञ्जाल लगायत विभिन्न स्रोत अनुसार गएराति करिब १:५५ बजे बागमती प्रदेश ०२०३३ च ७१६९ नम्बरको बोलेरो गाडी उकालो सडकमा अनियन्त्रित भई करिब ४०० मिटर तल खसेर दुर्घटनामा परेको हो। दुर्घटनामा रुबीभ्याली गाउँपालिका–४ बोराङ निवासी ६६ वर्षीया छेनेन तामाङको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा रुबीभ्याली–४ का कान्छीमाया तामाङ (३५), पिटर तामाङ (९), आमोष तामाङ (११), कमल घले (१४), मिजोङ तामाङ (३३), विमल तामाङ (२०) र चेरोङ तामाङ (४०) घाइते भएका छन्। त्यस्तै, बोलेरो चालक खनियाबास गाउँपालिका–१ निवासी ४० वर्षीय डम्बर तामाङ र महोत्तरीको बर्दिबास नगरपालिका–११ निवासी २५ वर्षीय ललित बोम्जन घाइते भएका छन्। मृतकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना व्यक्त गर्दछु ।
69
हामी नष्ट हुँदा पनि गुटबन्दी गर्न छोड्दैनौं भने हाम्रो मानसिकता चेत वा अचेत कुनमा रहेका होलान् ?अब जाँच गर्ने भनेकै सचेत कार्याकर्तामा निर्भर रहन्छन् तर कार्याकर्ता पनि दास बन्यो भने अन्तत: हामी सबै भस्मासुर हुने निश्चित रहन्छौं ।
89
गंगाजमुनाको मेलामा बोम्पो नाच स्रोत: प्रभु जी फेसबुक
132