Pinned Tweet
#Nepal ... where heaven meets and you won't feel regret choosing Nepal as your destination ✌️
We are eager to welcome you with our beautiful destinations and warm hospitality 🙏 #VisitNepal2020 – at Nepal
सवारी दुर्घटनापछि चालकको लापरबाही, तीव्र गति र सडकको अवस्थालाई कारणका रूपमा प्रस्तुत गर्ने गरिन्छ । तर, भीमफेदी दुर्घटनाले दुर्घटनाअघि नै हुनुपर्ने नियमन र निगरानीको प्रभावकारितामाथि प्रश्न उठाएको छ ।
nagariknews.nagariknetwork.c… – at Nepal
राजधानीबाट सर्लाही पुग्ने क्रममा उक्त सवारीले करिब पाँच ठाउँमा सुरक्षा जाँचसमेत पार गरेको थियो ।
तर, यति धेरै यात्रु बोकेको सवारीलाई कुनै पनि जाँचस्थलमा किन रोकिएन? स्वीकृत सिट क्षमताभन्दा बढी यात्रु राखिएको देखिएन कि देखेर पनि बेवास्ता गरियो? – at Nepal
1
1
50
शोकाकुल सुन्दरपुर 😥
ठूलो संख्यामा एउटै टोलका मानिसको मृत्युले सुन्दरपुरटोलमा सन्नाटा छ । चाडपर्वको उल्लास हराएको छ । मानिसहरू शोक मग्न छन् । यसपटक छठमा सुन्दरपुर टोलमा परेको बज्रपात कहिल्यै परेको थिएन । 😥
onlinekhabar.com/2026/11/205… – at Nepal
20
Deep Jyoti Shrestha retweeted
हामी सबैको कथा कतै न कतै अधुरै छ यहाँ
कोही आफ्नो कथाको पात्र खोज्दै भौँतारिरहेका छन्
कोही छुटिसकेका सम्बन्धहरू सम्झेर रोकिएका छन्
त कोही अन्त्य भइसकेको कथालाई पनि
फेरि सुरु गर्न सकिन्छ कि भन्दै
आफ्नै विगतका पानाहरू पल्टाइरहेका छन्।
सायद जीवन भनेकै अधुरा कथाहरू बोकेर
पूरा हुने आशामा अघि बढिरहनु रहेछ………….✍️
Deep Jyoti Shrestha retweeted
🎙️ Episode 2 is OUT!
‘आर्थिक अवसर, रोजगारी र चासो’ पोडकास्ट!
यस एपिसोडमा मधेश प्रदेशका अर्थमन्त्री मा. युवराज भट्टराईज्यूसँग शिवनाथ यादवले प्रदेशमा आर्थिक अवसर, रोजगारी, लगानी र युवाका सम्भावनाका विषयमा गर्नुभएको कुराकानी हेर्नुहोस्/सुन्नुहोस्।
youtu.be/2kpfHklMhzA?si=c6fy…
Deep Jyoti Shrestha retweeted
देश शोकमा रहेको भनेर सिस्नुपानीले देउसी नखेल्ने रे। पीडितहरूको विजोग र विपद् व्यवस्थापनमा रहेको अपरिपक्वतालाई विषय बनाएको भए पनि त हुन्थ्यो, फर अ चेन्ज। शोक मान्नुपर्नेहरू त ठुम्का हानेरै भ्याइ नभ्याइ छ त फेरि, के हो के हो?
दशैँ होस् वा तिहार,अन्ततः सबैभन्दा ठूलो कुरा आफ्नो घर र आफ्ना मान्छे नै हुन्छन्।
चाडपर्वले खुसी मात्रै होइन, सम्झना र अभाव पनि बोकेर आउँछन्। अझ यो वर्ष, कति घरहरू उजाडिएका छन्, कतिका आफ्नाहरू सधैँका लागि छुटे। अब कहिल्यै सँगै बसेर चाड मनाउन नपाइनेहरूको सम्झनाले मन कति पोल्दो हो!
यो दशैँ–तिहार सबैका लागि उस्तै छैन। कसैका घर छैनन्, कसैका आफ्ना छैनन्। कसैका लागि चाडपर्व खुसीभन्दा बढी पीडा र अभावका सम्झना बनेर आएका छन्।
कहिलेकाहीँ त लाग्छ, यी चाडपर्व नै नआइदिए पनि हुन्थ्यो कि! कम्तीमा मनका घाउहरू यसरी बल्झिएर नआउँदा हुन्। 😥 #randomthoughts
1
18
Deep Jyoti Shrestha retweeted
सोच्नुस् त, यी टेन्टहरू अहिले धेरैका लागि घर बनेका छन्।
आजको झरीमा यी टेन्टभित्र बसिरहेका मानिसहरूको अवस्था कस्तो होला? – at Nepal
#भोटेकोसी_बाढी_पीडित
#कोदोवारी_होल्डिंग_सेन्टर
तत्कालको अवस्था हो यो, सरकार !
महिनाको १५ हजार घर भाडा कहिलेदेखि पाउँछन् ?
@PM_nepal_ @ShahBalen
Deep Jyoti Shrestha retweeted
लगभग ४० वटा ATM जादा पनि पैसा निकाल्न सकिएन तिहारको बेला,बैङ्कका व्यवस्थापन चै गजब नै रैछ 😝
Deep Jyoti Shrestha retweeted
एउटा नेता आउँछ, नेपालको गुमेको भूमि फिर्ता ल्याउने राष्ट्रवादको नारा लगाउँछ। अर्को आउँछ, विदेशमा पसिना बगाउन बाध्य नेपाली युवालाई स्वदेश फर्काउने सपना बाँड्छ। कोही राष्ट्रिय स्वाभिमानको कुरा गर्छन्, कोही समृद्धिको। चुनाव आउँदा सबैसँग देश बनाउने नक्सा हुन्छ, जनतालाई सुनाउने क्रान्तिकारी भाषण हुन्छ।
तर चुनाव जितेपछि न गुमेको जमिन फिर्ता ल्याउने कूटनीतिक पहल देखिन्छ, न विदेशिएका युवालाई फर्काउने भरपर्दो नीति बन्छ। न रोजगारीको वातावरण सिर्जना हुन्छ, न राष्ट्रिय स्वाभिमानको रक्षा गर्ने ठोस परिणाम देखिन्छ।
जहिले पनि चुनावका बेला राष्ट्रवादको व्यापार हुन्छ चुनावपछि सत्ताको खेल।जनताको भावनालाई चुनाव जित्ने भर्याङ बनाउने कि ती भावनालाई सम्बोधन गर्ने जिम्मेवारी पनि लिने?
देश नारा लगाएर बन्दैन। राष्ट्रियता भाषणले बलियो हुँदैन। विदेशिएका नेपाली भावनात्मक अपिलले होइन, स्वदेशमै सम्मानजनक रोजगारी र भविष्यको सुनिश्चितताले फर्किन्छन्।
Deep Jyoti Shrestha retweeted
६ महिनाअघि सरकार बन्दाको समयभन्दा यता पनि महंगी आकासिएर छोइनसक्नु भएको छ। यत्रो जानेसुनेका अर्थमन्त्री र बलियो सरकार आउँदा पनि जनताको ढाड भाँच्ने महंगीबारे किन केही नगरिएको होला? पहिले प्रम, अहिले अर्थमन्त्री प्रभावशालीको सूचिमा पर्नुभो, त्यसैले काम चलाउने त होला। कसो हो?
Deep Jyoti Shrestha retweeted
#भोटेकोसी_बाढी_पीडित
#कोदोवारी_होल्डिंग_सेन्टर
तत्कालको अवस्था हो यो, सरकार !
महिनाको १५ हजार घर भाडा कहिलेदेखि पाउँछन् ?
@PM_nepal_ @ShahBalen
Deep Jyoti Shrestha retweeted
भर्खरै १० औं हजारले प्राकृतिक विपदामा परि आफ्ना परिवारजन गुमाए। त्यतिकै मान्छेले आफ्नो घर-खेत सर्वस्व गुमाए।
उसैले उठिबास लगाएका हजारौं सुकुम्बासी बेघरबार छन्। १२ जनाले त उसैका कारणले अपहत्ते गरे।
मुलुक सञ्चालनको कार्यभार पाएको लठुवा-आर्सनिस्ट भने मोजमस्तिमा व्यस्त छ।
Deep Jyoti Shrestha retweeted
न भारि बोक्ने भरिया खुसी छन न सुकुम्बासि खुसि छन नत बाढिले विस्थापित हरु नै खुसी छन खुसि छन त मात्र प्रधानमन्त्री।
Deep Jyoti Shrestha retweeted
Two videos:
1. Flood-affected people of Rasuwa district making a temporary wooden bridge on the Bhotekoshi after the government hasn’t reestablished access.
2. PM Balen dancing with friends and family.
Deep Jyoti Shrestha retweeted
तीन सेल्टरमा १०९ जना सुकुमवासी सरकारको ‘बन्धक’, दशै-तिहारमा न नयाँ नाना न मिठो खाना ukeraa.com/news/detail/18183…


















