Pinned Tweet
हिजो कांग्रेसले गणेश लामा मा ‘गणेशमान’ देख्यो,
आज एमालेले पुष्पराज श्रेष्ठमा ‘पुष्पलाल’ देख्दै छ।
अपराधको रेकर्ड मेटाएर इतिहासको पाना कोर्न सकिँदैन।
जबसम्म पार्टीहरूले गुण्डालाई ‘क्रान्तिकारी’ भन्न छोड्दैनन्,
तबसम्म नेपालको राजनीति अपराधीकरणको दलदलमै फसिरहन्छ।
@birat_anupam
हामी किन आफ्नो विचारसँग असहमत हुने मानिसलाई शत्रु ठान्छौँ? किन आफ्नो समूहको गल्तीलाई सामान्य र अर्को समूहको गल्तीलाई अक्षम्य ठान्छौँ? किन आफ्ना कमजोरी हेर्नुभन्दा अरूका कमजोरी खोज्न सजिलो मान्छौँ?
राम्रो 'म' retweeted
दुश्मन ठानेको थिइनँ ।
शत्रु मानेको थिइनँ ।
तिमीले एकतर्फी घोषणा गर्यौ–
तँ शत्रु होस् ।
तँ पत्रु होस्
अब तँ सडकमा पुग्छस् ।
०००
मलाई माफ गरिदेऊ मित्र !
म अहिले सडकमै छु ।
०००
सडकको मान्छेलाई झार्ने ठाउँ हुँदैन
सडकको मान्छेलाई हार्ने ठाउँ हुँदैन
०००
तिम्रो सफेद पोशाकमा हिलो नलागोस् भनेर
तिम्रो बार्दलीसम्म ढुंगा नपुगोस् भनेर
तिम्रो सवारीमा चक्काजाम नहोस् भनेर
मैले दुश्मनी नमोलेकै हो
असाध्यै दया लागेर तिम्रो
शत्रुता नसाँधेकै हो ।
०००
मलाई एकचोटि माफ गरिदेऊ साथी !
आशिर्वाद दिन्छु तिमीलाई–
मसँग कहिल्यै नझुक्नू ।
सडकभन्दा तल झुक्ने ठाउँ हुँदैन ।
जमीनभन्दा मुनि लुक्ने ठाउँ हुँदैन ।
०००
मलाई माफ गरिदेऊ मित्र !
मैले तिमीलाई शत्रु घोषणा गरेको छैन ।
तिमीले एकतर्फी घोषणा गर्यौ–
तँ शत्रु होस् ।
तँ पत्रु होस् ।
अब तँ सडकमा पुग्छस् !
राम्रो 'म' retweeted
जहाँ सीमान्त उत्पादकत्व(marginal Productivity) शुन्य हुदाहुदै पनि तिमी निरन्तर काम गरिरहन्छौ त्यसलाई प्रेम भनिन्छ।
रास्वपाले मिडियाअगाडि गाडी राख्नेलाई कारबाही गर्न माग गरेको थियो, सरकारले अहिलेसम्म टेरपुच्छर लगाएको छैन।अहिले पत्रकार पक्राउ गर्नेमाथि पनि कारबाहीको माग गरेछ।
मलाई त लाग्छ,यो माग पनि अघिल्लो मागकै नियति भोग्न तयार छ। आखिर माग गर्नलाई के नै लाग्छ र, पूरा गर्न पो सरकार चाहिन्छ! 😎
सुनकोशी मरिन डाइभर्सन परियोजनाको ठेक्काको प्राविधिक मूल्याङ्कनमा तीन चिनियाँ कम्पनीहरू छनोट सूचीमा परेपछि सरकारको इन्ट्रेस्टभन्दा बाहिरको कम्पनीलाई ठेक्का पर्ने निश्चित भएपछि कर्मचारीलाई नै जबरजस्ती पक्राउ गरेर ठेक्का रद्द गरेको कुरा छ।
@birat_anupam @gbudhathoki @anilkathmandu
राम्रो 'म' retweeted
नेपाल प्रहरीले एकपछि अर्को समाचार–कक्षमा छिरेर जसरी पत्रकारहरुलाई धरपकड गरेको छ, यो विद्यमान कानुन र संविधानको सरासर बर्खिलाफ छ । यो कदमले लोकतान्त्रिक हक–अधिकार कुण्ठित गर्न खोजेको देखिन्छ ।
प्रधानमन्त्री कार्यालयले यो घट्नामा आफ्नो संलग्नता र जानकारी नरहेको भनेर मात्र पुग्दैन । कुनै पनि सरकारी निकायले चाल्ने कदम स्वतः सरकारको जिम्मेवारीभित्र पर्न आउँछ । त्यसैले यसबाट सरकार पन्छिन मिल्दैन ।
यदि यसप्रति प्रधानमन्त्री कार्यालय या गृह मन्त्रालयको साँच्चै असहमति हो भने यो निर्णय कसले, किन, कुन नियतले लिएको हो, सम्बन्धित अधिकारीलाई अविलम्ब कार्वाहीको दायरामा ल्याउनुपर्छ । नत्र त मुलुकमा द्वैध शासन पन्पनाउन थालेको रुपमा हामीले बुझ्नुपर्ने हुन्छ ।
राम्रो 'म' retweeted
कसको आदेशमा ??? विभिन्न मिडिया हाउसमा प्रहरी छिरेर पत्रकारलाई धरकपड गरेको कुरा प्रहरी प्रबक्तालाई थाहा छैन, प्रधानमन्त्रीको सचिवालयलाई थाहा छैन, सत्तारूढ दल रास्वपालाई पनि थाहा छैन। होइन जेलमा रहेको इनम सापकोटाले आदेश दियो कि के हो फेरि ??? क्या रमाईलो छ देशमा यार। 🤣🤣🤣
पत्रकारले स्रोतको जगेर्ना गर्नु उसको धर्म हो। पेशागत धर्म। समाचार कक्षमा सुरक्षाकर्मी प्रवेश गरेर पत्रकारसँग सूचना लिन जुन तहको अवैध र अप्राकृतिक अभ्यास सतहमा देखियो- यसले सुरक्षा नग्नता प्रकट गर्छ। सरकारले यस्तो हर्कत रोकोस्। लोकतन्त्रमा यस्तो लज्जा नदेखाऊ।
नेपाल प्रहरीले आखिर किन आफ्नै छवि धुमिल बनाइरहेको छ?
हिजो एक सहसचिव र एक परियोजना निर्देशक पक्राउ। आज दिउँसो पत्रकारहरू पक्राउ!
कानुन कार्यान्वयन गर्ने निकाय नै विवेक र संयम गुमाउँदै गएको हो? ‘खरानीबाट उठेर आएँ’ भन्दैमा प्रहरीको विवेक पनि खरानी हुनुपर्ने हो र?
@NepalPoliceHQ
हामी नेपालीहरू जातिले नै चोर,ठग,अनैतिक र अराजक हौं।हामीले जसरी भए पनि आफू धनी बन्न र त्यसका लागि जुनसुकै नीच हर्कत गर्न पछि पर्दैनौं। न्यायाधीश,प्रहरी प्रमुख,सचिव,सेना आदि र तिनीहरूलाई मिलाउने दलाल लुच्चा देशका हामी अनैतिक मानिसहरू मौका नपाएकाले मात्र मुखौटाले मुख ढाकेर बसेका छौं
श्रीकृण्ण भन्नुहुन्छ- अपेक्षा मान्छेबाट हैन, समय र भगवान् बाट राख्नुपर्छ,मान्छेले त मौका हेरेर रंग बदल्छन् तर भगवान् ले समय हेरेर भाग्य।
राम्रो 'म' retweeted
युवाले केहि गरेनन् भन्थे त?३० वर्षे युवाले अदालत देखि सारा राज्यलाई नै थर्कमान बनाउलान् जस्तो पो देखियो त।
राम्रो 'म' retweeted
नयाँ पत्रिका एक्सक्लुसिभ
० न्यायालयमा ‘सेटिङ’ गर्ने बिचौलिया सापकोटासँग सर्वोच्चका न्यायाधीश फुयालको संवाद –‘रोहित गुप्तालाई दुई करोड धरौटी मागेका छौँ, भोलि साँझ होटेलमा भेटौँ’
@mainalinawa
यम–उषाको जोडी, गाउँमै फुलाउँदै समृद्धिको फूल!
सिन्धुलीको गोलन्जोर–२, बितिजोरका यमबहादुर र उषा हमाल राजनीतिसँगै पुष्पखेतीमा सक्रिय हुनुहुन्छ। १० रोपनीभन्दा बढीमा खेती गर्नुभएका उहाँहरूले गत वर्ष ६ लाखको सयपत्री बिक्री गर्नुभयो भने यस वर्ष १०–१२ लाखको बिक्री लक्ष्य राख्नुभएको छ।

















