
— जीवन र जगतको विद्यार्थी, #Critical Thinker, Forever Curious, #Speak Less, Listen More, #Attitude — Aptitude, #Spiritual Followers.
Joined June 2020
- Tweets3.5K
- Following597
- Followers46K
- Likes556
Jeeban retweeted
प्रधानमन्त्री दम्पतीले कुकुरलाई जति प्रेम सुकुम्बासीलाई गरेको भए १२ जनाको ज्यान जाने थिएन!
Jeeban retweeted
मुलुकमा तीन थरी मानिस “व्यस्त” छन्!
षडयन्त्र बुन्ने, षडयन्त्र भण्डाफोर गर्ने र षडयन्त्र भइरहेको भाष्य निर्माण गर्ने!
अरु तपाइँहामीजस्ता फुर्सदिला!
रमिते!!
Jeeban retweeted
लोकउक्ति छ, “दुईचोटि नाप, अनि मात्र काट।”
राज्य सञ्चालन र उच्च तहको नीतिगत निर्णयमा पनि यो सिद्धान्त उत्तिकै लागू हुन्छ। निर्णय गर्नुअघिको गहन सोच, विचार, चिन्तन र विश्लेषण झन्झटिलो र समय लाग्ने प्रक्रिया जस्तो देखिए पनि यसको ठूलो महत्व हुन्छ।
कतिपय मामिलामा error of commission को मुल्य error of omission को मुल्य भन्दा कैयौँ गुणा ठूलो हुन सक्छ।
Jeeban retweeted
“ल भन त बाबु नानी हो, शिवको धनुष कस्लो भाँच्यो?” कक्षामा पछिल्लो दिनको पाठ सम्झाउँदै शिक्षकले प्रश्न सोधेछन्!
“म त पाँच मिनट गएको थिएँ, मैले त हैन” सर” भनेछन् एक छात्रले!
त्यस्तै छ पारा!
कस्ले कस्ले??
Jeeban retweeted
Replying to @jeebanjee
मोदी शासनका समस्या छन्। तर यसको विकल्प अहिले देखिएको आन्दोलन हैन। गज्जबको कुरा त के भने कांग्रेस नै यो आन्जोलनको छहारी खोज्दैछ। प्रत्युत्पादक हुने देख्छु है,
Jeeban retweeted
I spoke with Nepal’s Foreign Minister Khanal this morning about their search-and-rescue efforts, including the urgent efforts to locate our missing citizens. The @StateDept is quickly deploying $500,000 in assistance to flood-affected communities while @USEmbassyNepal is coordinating with local authorities on efforts to assist U.S. nationals. The United States stands with the people of Nepal during this difficult time and will continue to support relief and recovery efforts.
Hon. Minister for Foreign Affairs Mr Shisir Khanal received a telephone call from the US Under Secretary of State for Political Affairs H. E. Allison Hooker @UnderSecStateP today.
During the call, Under Secretary Hooker conveyed sincere condolences of the US Government on the loss of lives and property caused by the devastating flash flood yesterday. She expressed support and solidarity of the US Government in helping Nepal cope with the situation, and rescuing missing individuals, including US nationals.
Hon. Minister Khanal highlighted the ongoing search and rescue efforts being carried out by the Government and expressed his sincere thanks for the US Government’s offer to support Nepal at this difficult time. He added that the Government of Nepal is utilising all resources at its disposal for the search, rescue and relief efforts for those affected.
@StateDept
Jeeban retweeted
For International donors:
pmdrf.nchl.com.np/
The gateway is live now. Cards are supported.
Jeeban retweeted
गत साल भदौ ३० तिर मुकुलजी सँग कुराकानी भएको थियो, देशले प्रमको रुपमा शुशीला कार्की पाइसकेको थियो । मलाई पनि देश कता जाला भन्ने चिन्ता थियो । मुकुलजीले भनेः स्वारीजी यो हाफ साइकल मात्र हो, फूल सर्कल नभएसम्म देशमा स्थिरता हुँदैन ! मलाई पनि हो जस्तै लाग्यो ।
फागुन १० आयो, मुकुलजीसँग फेरी कुराकानी भयो ! मैले भनेंः मुकुलजी तपाईं गलत हुनुहुँदो रहेछ, चुनाव हुने भयो; देशले निकाश पायो । मुकुलजी आफ्नै कुरामा अडिग रहेः चुनाव भए पनि यो हाफ सर्कल मात्रै हो, चुनावले सर्कल कम्प्लिट गराउन सक्दैन । मलाई अलिक विश्वास लागेन !
फागुन ३० तिर मुकुलजीलाई मैले नै फोन गरेर भनेंः मुकुलजी देख्नु भो त, देशले लय समात्यो त ! रास्वपाले बहुमत लाग्यो, अब ५ वर्षमा राम्रै काम होला, यति ठूलो जनसमर्थन छ, विपक्षीहरु कमजोर छन्, जे पनि गर्न सक्छन् ! सर्कल २३/२४ मै कम्प्लिट भईसकेको रहेछ ।
मुकुलजी मेरो कुरामा सहमत भएनन् ! उनले फेरी भनेः सर्कल त हाफ नै छ तर यो नतिजाले सर्कल कम्प्लिट हुन लाग्ने समय चाईं अलिक पछि धकेल्न सक्छ जुन हाम्रो र देशको लागि झनै प्रत्युत्पादक हो ।
मलाई झनन्न रिस उठ्यो । के खाले मान्छे होला यो ? यति सिधा रुपमा क्लियर देखिएको कुरा पनि देख्न नसक्ने मान्छेले कसरी त्यो पार्टी खोल्यो होला, सबै रवीले नै गरेको र’छ क्या रे भनेर मैले मुकुलजीको कुरालाई डिस्रिगार्ड नै गरिदिएँ ! तैपनी लास्टमा सोधेंः भन्नुस् न फुल सर्कल कहिले पूरा हुन्छ ? के हुनु पर्छ त्यसको लागि ?
उनले जवाफ दिएः यो चाईं सस्पेन्स ! जुन दिन फुल सर्कल कम्प्लिट हुन्छः त्यो दिन भनौंला स्वारीजी सर्कल पूरा भयो, अब देश सही दिशामा हिंड्यो भनेर !
त्यसपछि मुकुलजीसँगै सर्कलको कुरा खास्सै भएको छैन ! तर पछिल्लो समय देखिएका घटनाक्रमहरुले देश संक्रमण मै छ भन्नेमा चाईं खास्सै शंका लागेको छैन ! यो घिसिपिटी भन्दा बरु मुकुलजीले भनेको सर्कल पुरा भईदिए हुन्थ्यो जस्तो लागेको छ ! बालेन भोगियो, अब हर्क भोग्न नपरे हुन्थ्यो जस्तो भा’छ !!
Jeeban retweeted
प्रधानमन्त्रीको गए रातीको एउटा स्टाटस हेर्दैथिएँ, लाग्यो— कति साह्रो अमूर्त लेखेको होला ! आफूलाई मनभरी भएको कुरा पनि किन राम्ररी पोख्न नसकेको होला😉
अनि अर्थ के रहेछ भनेर यसो घोत्लेको, between the lines २-४ वटा अनुभूति देखें :
क) अझै 'सही समय' आएकै रहेनछ !
ख) चाँडै काम देखाउन गाह्रै हुँदो रहेछ ।
ग) ढिलो भएर मान्छेमा छटपटी बढ्यो कि भन्ने चिन्ता पनि लाग्न थालेछ ।
घ) बाहिर देखिएभन्दा आफूले भोगिरहेको वास्तविकता फरक छ है भनेर जनतालाई सुनाउन मन लागेछ । तर त्यो 'वास्तविकता' के हो भन्ने कुराचाहिं खोलिहाल्न नमिल्ने अवस्था रहेछ ।
ङ) हामीले झट्ट हेर्दा १८२ सीटको तागत देख्छौं, तर सिंहदरबारभित्रको एक्लोपन उत्तिकै पट्यारलाग्दो रहेछ । पहिले मेयर छँदाझैं अहिले पनि 'एक्लै' लड्नु परिरहेको रहेछ । तर कोसँग लड्नु परेको हो, त्यो भने खुलाउन नसकिने बाध्यता रहेछ ।
मैले त यसो शनिबार बसिबियाँलो मात्र गरेको हो, तपाईंलाई चाहिं शक्तिशाली प्रधानमन्त्रीको अमूर्त अभिव्यक्ति कस्तो लाग्यो, भन्नुहोला है😎
Jeeban retweeted
मधेश फेरि रगतले रङ्गिएको छ। सुनसरीपछि अब सिरहामा पनि फेरि गोली चलेको छ, एक जनाको मृत्यु भइसकेको खबर छ । अरू जिल्लाहरूबाट पनि अप्रिय सूचनाहरू आइरहेका छन्। एउटा जीवन पनि राज्यको गोलीबाट गुम्नु लोकतन्त्रको असफलता हो। पटक-पटक नागरिकमाथि गोली चल्नु सरकारको राजनीतिक असफलता हो।
प्रधानमन्त्रीज्यू, गृहमन्त्रीज्यू, सत्तामा आउँदा तपाईंहरूले नै एउटा मापदण्ड स्थापित गर्नुभएको थियो। राज्यको गोलीले नागरिकको ज्यान जान्छ भने राजनीतिक जिम्मेवारी सरकारले लिनुपर्छ भन्नुहुन्थ्यो तपाईंहरू। आज त्यही मापदण्ड तपाईंहरूकै अगाडि उभिएको छ।
मधेश वर्षौंदेखि राज्यको अत्यधिक बल प्रयोग र प्रहरी बर्बरताको केन्द्र बन्दै आएको छ। किन हरेक संकटमा मधेशमा संवादभन्दा गोली छिटो पुग्छ? मधेशका नागरिकलाई सुरक्षा दिनुपर्ने निकायले बारम्बार उनीहरूलाई नै शंका र हेयको दृष्टिले हेर्ने प्रवृत्तिको किन अन्त्य हुन सकेको छैन? यस्तो व्यवहारले राज्यका लागि मधेशका जनताको जीवनको कुनै मोल छैन भन्ने गहिरो अनुभूति जन्माएको छ। लोकतान्त्रिक राज्यका लागि यो सबैभन्दा ठूलो असफलता हो।
मधेश जलिरहेको छ। पूर्वपश्चिम राजमार्ग अवरुद्ध छ। धार्मिक सद्भाव कमजोर हुँदै गएको छ। यस्तो बेला राष्ट्रले फेसबुक पोस्ट होइन, संसद्बाट बोल्ने प्रधानमन्त्री खोजिरहेको हुन्छ। यो बेला तत्कालै असहज अवस्था साम्य पार्ने र न्यायिक छानबिनको सुनिश्चितता दिलाउने कार्य सरकारका तर्फबाट अविलम्ब हनुपर्थ्यो। एकलकाटे भएर होइन, सबै राजनीतिक दलहरूको साथ-समर्थन स्वीकारेर सरकारले परिस्थितिको संवेदनशीलता बुझेको आभाष दिलाउनुपर्थ्यो।
गैह्रजिम्मेवारीको हद नाघिसक्यो- गोली चलाउने र आदेश दिने दुवै तहका जिम्मेवारमाथि कारबाही गर्न अब ढिला हुनुहुँदैन। गृह प्रशासनको चुस्त र प्रभावकारी उपस्थितिको आभाष दिलाउन नसकेका गृहमन्त्रीले कमजोरी स्वीकारुन्, जिम्मेवारी पूरा गर्न नसकेकोमा नैतिकता दर्साउन्। प्रहरी संगठन पनि बारम्बार यस्ता घटना दोहोरिने अवस्थाबारे जवाफदेही बनोस्।
प्रहरी नेतृत्वले नागरिकको जीवनको रक्षा गर्न र बल प्रयोगलाई कानुनी तथा व्यावसायिक सीमाभित्र राख्न नसकेकाले प्रहरी महानिरीक्षकले पनि नैतिक जिम्मेवारी लिनुपर्छ। नभए सरकारले उनको जिम्मेवारीबारे तत्काल सख्त निर्णय गर्नुपर्छ।
प्रधानमन्त्रीज्यू, यदि तपाईं संसद्मा उभिएर राष्ट्रलाई सम्बोधन गर्न, मधेश पुगेर पीडित परिवारसँग भेट्न र नागरिकको विश्वास पुनःस्थापित गर्न सक्नुहुन्न भने तपाईंले पनि आफ्नो राजनीतिक जिम्मेवारीबारे निर्णय लिनु उपयुक्त हुन्छ।
मधेशलाई समवेदना होइन, न्याय चाहिएको छ। नेपाललाई मौनता होइन, नेतृत्व चाहिएको छ। लोकतन्त्रमा नागरिकको जीवनको मूल्य भूगोल हेरेर फरक हुन सक्दैन!
Jeeban retweeted
मेयर हुँदा राजधानी जल्यो, दमकल पठाएन । प्रधानमन्त्री हुँदा मधेश जल्यो, गृहमन्त्री पठाएन!
Jeeban retweeted
देशलाई TRACK मा ल्याउने हो भनेः
-Social media monitization बन्द गर्नुपर्छ ।
-त्यसपछि बाँकी काम गर्नु पर्छ ।
-भीमे जस्ता र हाल संसदमै रहेका सहित आठ दश जना भाइरलेहरुलाई छ आठ महिना उज्यालो नछिर्ने कालकोठरीमा लगेर आधी पेट खान दिएर जाक्नुपर्छ ! बरु अभिव्यक्ति स्वतन्त्रतामा आँच आए पनि आओस् !!
Jeeban retweeted
सुनसरी नेपालकै जिल्ला हो, नेपालले मिचेको भारतको जग्गा होइन। त्यसैले यहाँको अमनचैनको जिम्मा तपाईंकै हो, शान्तिको पहलकदमी सुरू गरौँ, पिएमज्यू। बोल्ने ठाउँमा त बोल्नै पर्छ है। – at Nepal
Jeeban retweeted
महाभारतको अन्तिम युद्ध सकिँदा सबै ढले, केवल दुर्योधन बाँकी रह्यो। ऊ पानीभित्र लुकेर बस्यो।
कृष्ण र पाण्डव पुगे-बोलाए। दुर्योधनले भन्यो, “म हारेर होइन, थाकेर आराम गर्दै छु।” कृष्ण मुस्कुराए। किनभने अहंकारी कहिल्यै हार मान्दैन, ऊ हारलाई पनि “आराम”को नाम दिन खोज्छ।
आजको राजनीतिमा पनि त्यस्ता दुर्योधनहरू जिउँदै छन्। सत्ताको नशा सकिए पनि, आत्ममुग्धताको तन्तु अझै टुटेको छैन।
जनताको भरोसा, नैतिकता र समयले दिएको चेतावनी सबै गुमाएर पनि उनीहरू अझै भन्दैछन् “हामी लुकेका होइनौं, आराम गर्दैछौं।🤔🙏
Jeeban retweeted
दुनियाँभर उदार सरकारको बहस चलिरहँदा हाम्रो भिडलाई चाहिएको छ—नरम तानाशाह।
दुनियाँलाई चाहिएको छ कोमल र करुणाशील सरकार, हाम्रा अराजकहरूलाई चाहिएको छ जङ्गबहादुर।
दुनियाँ सेवक सरकार खोज्दैछ, हाम्रा भने खोज्छन् जनतालाई ठेगान लगाउने शासक सरकार।
दुनियाँ ज्ञानीहरूलाई खोज्छ, हाम्रालाई ज्ञानको हुर्मत लिँदा मजा आउँछ।
दुनियाँ देखिने र भेटिने नेता खोज्छ, हाम्रालाई चाहिएको छ रहस्यमय पालनहार।
दुनियाँ तर्क गर्छ, हाम्रो भिड स्तुति गाउछ।
दुनियाँका सरकारहरू कानुनलाई कसरी खुकुलो बनाउने भनेर सोच्छन्, हाम्रालाई चिन्ता छ—कानुनलाई कसिलो बनाउने।
जब नागरिकमाथि भिड हावी हुन्छ, तब यस्तै हुन्छ।
अर्थात्, हुन्छ—कहिँ नभएको जात्रा, हाम्रै मुलुकमा।
Jeeban retweeted
तिमीहरूलाइ पाप लाग्छ यो अन्यायको!
पाप लाग्छ तिमीहरूलाई यो अन्यायको!
तिमीहरूलाइ पाप लाग्छ यो अन्यायको!
चमेली.....
Jeeban retweeted
रास्वपाका कन्फर्म पदाधिकारीहरुः
-बालेन (अघोषित फर्ष्ट क्लास सभापति)
-रवी (घोषित सेकेन्ड क्लास सभापति)
-भुपदेव (फर्ष्ट क्लास महामन्त्रि)
-सुनिल (फर्ष्ट क्लास उपसभापति)
-स्वर्णिम (सेकेन्ड क्लास उपसभापति)
-सुदन (चाहेमा जुनसुकै पद)
-सस्मित (चाहेमा महामन्त्रिसम्म जुनसुकै पद)
-असिम/आसिफ (चाहेमा उपसभापतिसम्म जुनसुकै पद)
-बाँकी पदमा न्यूज २४ ग्रुप र कांग्रेस, एमाले, माओवादीमा असफल भएका अवसरवादीहरुको बीचमा प्रतिस्पर्धा हुनेवाला छ !
Jeeban retweeted
‘तपाईंहरूका काण्डबारे हामी अनभिज्ञ हो र? ती पनि खुल्नेछन्।’
यो सरकारी भाषा धम्कीपूर्ण छ। प्रतिपक्षको कर्तव्य प्रश्न गर्ने हो। जवाफमा कुन फाइल खोल्ने, कुन नखोल्ने भनेर बार्गेनिंग गर्ने होइन!



















